थप २४७४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

Corona virus photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २३५ जनाको पीसीआर परीक्षणबाट १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९७ जना गरी २ हजार ४७४ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने २ हजार ५१८ जना निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख २९ हजार ४३१ पुगेको छ । जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् भने ८ हजार ९१८ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय संक्रमित ४९ हजार ५५५ जना रहेका छन् । उनीहरुमध्ये होम आइसोलेसनमा ४६ हजार ५०२ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ५३ जना छन् । मन्त्रालयका अनुसार हाल ७३६ जना आईसीयू र २०७ जना भेन्टिरमा उपचाररत् छन् ।

गत २४ घण्टामा प्रदेश १ मा ३९७, प्रदेश २ मा ९५, बागमती प्रदेशमा ७१६ तथा गण्डकीमा २१८ जना संक्रमित थपिएका छन् । यस्तै लुम्बिनीमा ११६, कर्णालीमा १७ र सुदूरपश्चिम प्रदेशमा १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस