छथरमा फैलियो कोरोना, सिंगो टोलमा घरैपिच्छे कोरोना संक्रमण

Corona vires 1

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाका कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । यतिसम्मकी एउटै टोलमा घरैपिच्छे कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षणसमेत देखिएपछि टोलमै त्रास फैलिएको छ । छथर गाउँपालिकामा हिजो मात्रै २६ जनामा कोरोना पुष्टि भएको छ ।

तेह्रथुमको छथर गाउँपालिका ४० जनाको एन्टिजेन परिक्षण गर्दा सुन्दरीछापमा ६ जना, ओख्रेको डुम्रेमा १ जना र ओख्रे बजारमा ९ जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार मात्रै छथर गाउँपालिकामा ३६ जनाको एन्टिजेन परिक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको थियो । जसमा वडा नं. ५ रातमाटेमा २० जना, ओख्रे बजारमा ७ जना र विखेटोलमा १ जनामा कारोना पुष्टि भएको थियो ।

छथर अस्पतालको आईसोलेसनमा ३ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस