बुधबार थप २४२१ जना संक्रमित, कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

Corona vaers

कामठाडौं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये ४७२४६ जना होम आइसोलेसनमा र ३ हजार २३४ जना होम आइसोलेसनमा रहेका छन् । कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंका ३४६, सुनसरीमा १७६, मोरङमा १७२, झापामा १२०, ललितपुरमा ९४, नुवाकोटमा ७६, कास्कीमा ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै मकवानपुरमा ४३, चितवनमा ४२, सुर्खेतमा ३१, नवलपरासी पूर्वमा २२, काभ्रेपलाञ्चोक र रुपन्देहीमा २०/२० जना र धनुषामा १९ जना कोरोना संक्रमित थपिएको छ । दाङमा १४, सप्तरी र कपिलवस्तुमा १२/१२ जना, उदयपुर, धादिङ, नवलपरासी पश्‍चिममा १०/१० जना, महोत्तरी, रसुवा, जुम्लामा ८/८ जना,धनकुटामा ७, सिरहा र सिन्धुपाल्चोकमा ६/६ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गोरखा, तनहुँ, स्याङजा र कञ्‍चनपुरमा ५/५ जना, इलाम, खोटाङ, ताप्लेजुङ, पर्सा, दोलखा, अछाम र डोटीमा ४/४ जना, पाँचथर, बारा, पाल्पा र डडेल्धुरामा ३/३ जना, ओखलढुंगा, रौतहट, रोल्पा, हुम्ला र कैलालीमा २/२ जना तथा तेह्रथुम, भोजपुर, रामेछाप, गुल्मी, बर्दिया, बाँके, जाजरकोट, डोल्पा, दैलेख, र सल्यानमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै १० वर्ष मुनिका ४४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस