फेरि बढ्न थाल्यो संक्रमण : थप ४,५२२ जनामा कोरोना पुष्टि, ४९५४ जना संक्रमण मुक्त

Corona test

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४,५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको १२ हजार २०४ पीसीआर परीक्षणमा ३ हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन परीक्षण भएको छ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ । यस्तै, २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ ।

प्रतिकृया दिनुहोस