कुन जिल्लामा कति संक्रमित थपिए ? यस्तो छ जिल्लागत विवरण

Corona virus photo

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभर ४४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।

यस्तै गत २४ घण्टामा ४ हजार २० जना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ५९ हजार ६२४ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लागत विवरण
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ४, ओखलढुंगामा १, खोटाङमा १०, झापामा १२१, ताप्लेजुङमा २, तेह्रथुम २, धनकुटामा ९, पाँचथर १, भोजपुरमा ५, मोरङमा ११८, संखुवासभामा ३ र सुनसरी ६७ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १७, पर्सामा ५, बारामा ६, महोत्तरीमा १०, रौतहटमा १९, सप्तरीमा १२, सर्लाहीमा ३० र सिरहामा १३ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३९४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४३, चितवनमा ३९, दोलखामा १, धादिङमा ३०, नुवाकोटमा ७४, भक्तपुरमा ५४, मकवानपुरमा ४८, रसुवा १, रामेछापमा २, ललितपुरमा ६०, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १२२, गोरखामा ३, तनहुँमा ९, नवलपरासी पूर्वमा १४, पर्वत ४८, म्याग्दीमा ५, लमजुङमा ६१, बागलुङमा २६२ र स्याङजामा २२ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुमा ६, दाङमा ९, नवलपरासीमा ४, पाल्पामा ३, प्युठानमा २, बर्दियाका ४०, बाँकेमा १० र रुपन्देहीमा १० जना छन् ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्ला २३, दैलेखमा ७, मगुमा ७, सल्यानमा २ र सुर्खेतमा १९ जनमा कोरोना भेटिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा ४, कैलालीमा ८, डडेल्धुरा ६, डोटीमा ५ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...