राष्ट्रिय वाणिज्य बैंकले कोरोना प्रभावित ग्राहकलाई ब्याजमा  १० प्रतिशत छुट दिने  

Banijye bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड–१९ बाट प्रभावित ग्राहकलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको सो मात्राको रकम छुट दिने भएको हो ।

उक्त छुट सुविधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका एक लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरू लाभान्वित हुने बैंकको अपेक्षा छ । 

नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...