क्रमश घट्न थाल्यो संक्रमण : बुधबार थप २८२८ जनामा कोरोना, कहाँ कति थपिए ?

Coronavirus testing

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ३ हजार ८२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५४ जना, भक्तपुरमा ७९ जना र ललितपुरमा ६६ जना कोरोना संक्रमित थपिएका हुन् ।

कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा २४, खोटाङमा ३, झापामा २३२, ताप्लेजुङमा २, तेह्रथुम २, धनकुटामा ७, पाँचथर ३, मोरङमा १६५, संखुवासभामा ८, सोलुखुम्बु १ र सुनसरी १५१ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ६५, पर्सामा २, बारामा २५, महोत्तरीमा १०, रौतहटमा ९, सप्तरीमा ३५, सर्लाहीमा ६ र सिरहामा २५ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३५४ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ५६, चितवनमा ४५, दोलखामा १३, धादिङमा ११३, नुवाकोटमा ५३, भक्तपुरमा ७९, मकवानपुरमा २४, रसुवा १३, रामेछापमा १०, ललितपुरमा ६६, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा १, तनहुँमा ३, नवलपरासी पूर्वमा ६, पर्वत ४, लमजुङमा २, बागलुङमा ११४ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ५, गुल्मीमा ८, दाङमा ९, नवलपरासीमा १५, पाल्पामा१३, बर्दियाका ५३, बाँकेमा ९ र रुपन्देहीमा २३ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४, मगुमा १ र सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा १२, कैलालीमा ३ र डोटीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...