शेयर बजारमा ठूलाकै बोलवाला, यी हुन् जोखिममा परेका ५१ वटा कम्पनी (सूचीसहित)

Dhitopatra board

काठमाडौं । सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ भएको देखाएको छ ।

सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । पछिल्लो समय केही कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्डले कमिटी नै बनाएर अध्ययन गरेको थियो ।

उक्त अध्ययन समितिको प्रतिवेदनको आधारमा ५१ कम्पनीको सेयर मूल्यमा चलखेल गरेर बढाएको निष्कर्षसहित बोर्डले उक्त कम्पनीको सूची सार्वजनिक गरेको हो ।

अध्ययनले ५१ कम्पनीहरुमा लगानी गर्न जोखिमयुक्त रहेको देखाएको बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । यी कम्पनीहरुमा इन्साइडर ट्रेडिङ, सेयर कर्नरिङ लगायतका कारण बढेको अध्ययनले देखाएको छ । बोर्डले ५१ कम्पनीको सूची सार्वजनिक गर्दै लगानीकर्ताहरुलाई यी कम्पनीहरुमा लगानी गर्न सचेत गराएको छ ।

पछिल्लो समय सेयर बजारमा निकै ठूलो कारोबार हुने गरेको छ । अहिलेको अवस्था हेर्दा लगानीकर्ताहरुले धितोपत्र बजारलाई गरेको विश्वासले गर्दा कारोबार रकममा ऐतिहासिक रेकर्ड स्थापना कायम भई करीव २० अर्ब नजिक पुगेको बोर्डले बताएको छ ।

बोर्डले १ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, पीई रेसियो १०० भन्दा बढी भएका, प्रतिसेयर आनम्दानी नेगेटिभ भएका र प्रतिसेयर नेटवर्थ १०० भन्दा कम भएका र कम्पनीको वर्तमान वित्तिय क्षमताको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरेको जनाएको छ ।

साथै उक्त सूचिकृत संगठित संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको व्यहोरा बोर्डले जनाएको छ ।

जोखिममा रहेका कम्पनीहरुः

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...