सुदूरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड, स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिता (पूर्ण विवरणसहित)

Prakash shaha sudurpaschim

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेशसभा बजेट प्रस्तुत गरेका हुन् । मन्त्री शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताए ।

मन्त्री शाहले स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता राखेर बजेट विनियोजन गरिएको बताए । आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा सुधार तथा विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको उनले बताएका छन् ।

उनले अगामी वर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा विस्तार सुधार वर्षका रुपमा मनाउँदै पूर्वाधार विकासका लागि २ अर्ब ५८ लाख बजेट विनियोजन गरेको बताए ।

यस्तै भौतिक पूर्वाधारतर्फ प्रदेश गौरवका सडक निर्माण, ठूला पूर्वाधार र रुपान्तरणकारी योजनालाई अगामी वर्षमा निरन्तरता दिने गरी ५ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए ।

मन्त्री शाहले भौतिक पुर्वाधार विकास मन्त्रालयका लागि ११ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको बताए । तीन मेगावाट क्षमता भन्दा बढि क्षमताका नौगाड, सुर्नया गाड र अपर सुर्नयागाड जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन र निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए ।

प्रदेश सरकारको बजेटले कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको दाबी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाका लागि १९ करोड ७८ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

यस्तै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा दुई अर्व ४२ करोड ५८ लाख ९० हजार रुपैया बजेट विनियोजन गरेको मन्त्री शाहले जानकारी दिए । बजेमा खोपको पहुँच पु¥याइने र प्रयोगशालाको स्तरोन्नति गर्ने पनि उल्लेख गरिएको छ ।

प्रदेश सरकारले ‘हाम्रो प्रदेश, स्वास्थ्य प्रदेश’ कार्यक्रम, मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, स्वास्थ्यकर्मीलाई प्रोत्साहन लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख रकम विनियोजन गरेको छ ।

प्रदेश सरकारले सुत्केरी महिलाका लागि सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । यसका लागि एक करोड ११ लाख रकम विनियोजन गरेको छ ।

प्रदेश सरकारले अस्पतालको भवन निर्माण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । प्रदेश सरकारले डोटी अस्पताल भवन निर्माणका लागि ५ करोड ३५ लाख, बेदकोट अस्पतालका लागि ५ करोड ३५ लाख, लम्की चुहा सामुदायिक अस्पतालका लागि आठ करोड, महाकाली अस्पतालको स्टाफ क्वार्टर निर्माणका लागि ५ करोड ७५ लाख, जिल्ला अस्पताल मार्तडीको स्तरोन्नतिका लागि पाँच करोड र अछाम अस्पतालको भवन निर्माणका लागि १ करोड ५० लाख रकम विनियोजन गरेको मन्त्री शाहले बताए ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

प्रतिकृया दिनुहोस