कर्णाली प्रदेशको बजेट ३६ अर्ब ५४ करोड, किसानलाई सुनको हलो दिने महत्वकांक्षी योजना (पूर्ण विवरणसहित)

Gopal sharma karnali

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य अनुसार पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा झण्डै ३ अर्ब रुपैयाँले बढी हो ।

जसमा पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ । यसैगरी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार विनियोजन गरिएको छ ।

मन्त्री शर्माले स्वास्थ्य सेवा सुधार, विस्तार र पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताएका छन् ।

बजेटमा स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ । महत्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा पुरानै योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ५३ करोड ९३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश अस्पताल सुर्खेतलाई ५०० शय्या, डोल्पा, मुगु र हुम्ला जिल्ला अस्पताललाई ५० शय्या, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान अस्पताललाई १०० शय्याका रुपमा स्तरोन्नति गरिने मन्त्री शर्माले बताए ।

प्रदेश सरकारले उत्कष्ट किसानलाई सुनको हलो अंकित तक्माले सम्मान गर्ने जनाएको छ । ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ मार्फत वार्षिक एक जना उत्कृष्ट कृषकलाई सुनको हलो अंकित तक्माले दिइने मन्त्री शर्माले घोषणा गरे ।

व्यवसायिक कृषि खेती प्रणालीको विकास तथा किसानको सम्मानका लागि प्रदेशका २०० किसानलाई सम्मान गरिने बजेट वक्तव्यमा उल्लेख छ । जसका लागि आगामी आर्थिक वर्षमा सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले सडक पूर्वाधार निर्माण र यातायात सेवा सुदृढीकरणतर्फ ७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री कर्जा अनुदान कार्यक्रमका लागि १ अर्ब रुपैयाँ दिइएको छ ।

बजेट वक्तव्यको पूर्णपाठ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...