बागमति प्रदेशको कुल बजेट ५७ अर्व ७२ करोड ९ लाख (पूर्ण विवरणसहित)

Kailash dhungel bagmati pradesh budget

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखर बजेट सार्वजनिक गरेका हुन् ।

बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ ।

सरकारले खर्चको व्यवस्थापनमा भने कर राजस्वबाट २३ अर्ब ८२ करोड, राजस्व बाँडफाँटबाट ६ अर्ब ८२ करोड, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट प्राप्त हुने १६ अर्ब ९२ करोड, विविध प्राप्ति एक अर्ब पाँच करोड र चालु आर्थिक वर्षको नगद मौज्दात नौ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरेको मन्त्री ढुंगेलले बताए । साथै, उनले सडक पूर्वाधार, शिक्षा पूर्वाधार, पर्यटन पूर्वाधार र स्वास्थ्य पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको जानकारी दिए ।

आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरूको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने प्रदेशको बजेटमा उल्लेख छ ।

यस्तो छ पूर्णपाठ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...