घट्यो गण्डकी प्रदेशको बजेट, नयाँ मुख्यमन्त्रीद्धारा ३० अर्ब तीन करोड बजेट पेश (पूर्ण विवरणसहित)

Krishna chandra nepali bajet

काठमाडौं । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब बजेट ल्याएको छ । मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षका लागि ३० अर्ब तीन करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

यो चालु आवभन्दा झण्डै ५ अर्ब कम हो । चालु आवको बजेट ३४ अर्ब ८० करोड रुपैयाँ छ । प्रदेशको आन्तरिक स्रोत अपेक्षाकृत रुपमा बढ्न नसकेको, राजश्व बाँडफाँट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएकाले बजेटको आकार घटेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

बजेटमा कोरोनाबाट आमाबुवा गुमाएकालाई सामाजिक सुरक्षाबापत मासिक पाँच हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ । त्यस्तै कोरोनाबाट ज्याउने गुमाउनेका परिवारलाई पचास हजार रुपैयाँ दिने घोषणा अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री पोखरेलले गरेका छन् ।

प्रदेशले आन्तरिक स्रोत वृद्धिका लागि करको दायरा फराकिलो बनाउने बताएको छ भने सवारी साधन करको दर हेरफेर गरिएको छ । अन्य प्रदेशमा दर्ता भएका सवारी साधन २०७९ असार मसान्तसम्म गण्डकीमा दर्ता स्तानान्तरण गर्न आएमा दर्ता गर्दा लाग्ने शुल्कमा ७५ प्रतिशत छुट दिई पहिलो वर्ष नवीकरणमा ५० प्रतिशत छुट दिने नीति प्रदेशले लिएको छ ।

सवारी साधनको जाँचपास, बाटो इजाजत नवीकरण ६/६ महिनामा गर्ने व्यवस्थालाई १ वर्ष पुर्‍याइएको छ । कोभिड–१९ को निषेधाज्ञाका कारण तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाई जरिवाना लाग्ने अवस्था भएमा निजी सवारीको हकमा निषेधाज्ञा हटेको र सार्वजनिक सवारीको हकमा यातायात सुचारु भएको ६० दिनभित्र तिर्न आएमा कुनै पनि जरिवाना नलाग्ने भएको छ ।

हेर्नुहोस् पूर्णपाठ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...