प्रदेश २ मा आयो ३३ अर्ब ७९ करोड १४ लाखको बजेट (पूर्ण विवरणसहित)

Bijaya yadav

काठमाडौं । प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेका हुन् ।

प्रदेश सरकारले कोरोना महामारी रोकथामका लागि अक्सिजन सिलिण्डर, रेम्डिसिभिर, कोरोना परीक्षण गर्ने किट लगायतका स्वास्थ्य सामग्री खरिदका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधामलाई उपकरण खरीद गर्न १९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मिर्गौलाका बिरामीको डायलासिस गर्न ३५ वटा डायलासिस मेसिन खरीद गर्न १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । मुख्यमन्त्री स्वच्छता अभियानका लागि ३१ करोड, प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि २ करोड, नदी नियन्त्रणका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको प्रदेशसभामा मन्त्री यादवले जानकारी दिए ।

उनका अनुसार वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा संकलन भएको कुल निक्षेप मधये यस प्रदेशको ४।३ प्रतिशत योगदान रहेको छ ।

चालु आर्थिक वर्षको जेठ २० गते सम्म संघीय सरकारबाट प्राप्त भएको वित्तीय समानीकरण अनुदान पाँच अर्ब २६ करोड ५० लाख, राजस्व बाँडफाँटबाट ५ अर्ब ९८ करोड २४ लाख, संघीय सर्सत अनुदान वापत ५ अर्ब १० करोड ७५ लाख, विशेष अनुदान वापत १३ करोड ८३ लाख र समपुरक अनुदान बापत ९२ लाख प्राप्त भएको उनले बताए ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...