प्रदेश १ को चौथो पूर्ण बजेट : ३२ अर्ब ४६ करोड ९२ लाख विनियोजन, स्वास्थ्यमा बढी खर्च (पूर्ण पाठ)

Tanka angbuhang

विराटनगर । प्रदेश १ सरकारले चौथो पूर्ण बजेट ल्याएको छ । यसअघि प्रदेशमा तीन ओटा पूर्ण बजेट र एउटा आंशिक बजेट प्रस्तुत भएको थियो ।

गत वर्ष ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

आज बिहान मन्त्रीपरिषद बैठक बसेर आगामी आर्थिक बर्षको बजेट स्वीकृत गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अहिले आर्थिक मामिला तथा अन्तारिक मामिला मन्त्री टंक आङबुहाङले बजेट प्रस्तुत गरेका हुन् । मन्त्री आङ्बुहाङ्ले चालु तर्फ १४ अर्ब १६ करोड १५ लाख र पूजिगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख बजेट विनियोजन गरेको बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा कृषिक्षेत्रलाई प्राथमकिता दिइएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष मुख्यमन्त्री उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री आङबुहाङले समग्र स्वास्थ्य क्षेत्रको लागि ३ अर्ब २५ करोड विनियोजन गरेको जानकारी दिए ।

यस्तै, कृषिमा २ अर्ब ९० करोड, शिक्षामा १ अर्ब १९ करोड, पर्यटन क्षेत्रको लागि कुल ८३ करोड ३८ लाख विनियोजन गरिएको छ भने भौतिक पुर्वाधार तथा यायतायात क्षेत्रमा १३ अर्ब २१ करोड, उर्जा तथा सिचाइको लागि लागि ३ अर्ब १५ करोड विनियोजन गरेको मन्त्री आङबुहाङले जानकारी दिए ।

प्रदेश सरकारले यो वर्ष समग्र शिक्षा क्षेत्रको लागि १ अर्व १९ करोड बजेट बिनियोजन गरेको छ । साथै आगामी आर्थिक वर्षमा सबै विद्यालयहरुमा स्काउट गठन गरिने तथा प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गरिने र क्रमशः विद्युतीय पुस्तकालयको रुपमा रुपान्तरण गरिने आङबुहाङले बताए ।

मुख्यमन्त्री विद्यालय सुधार योजना अन्तर्गत विद्यालयको सधार गर्न २३ करोड छुट्याइएको छ । समग्र पर्यटन क्षेत्रको बिकासको लागि रु ८३ करोड ३८ लाख विनियोजन गरेको जानकारी दिए ।

औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने, स्थानीय स्तरमा निर्माणाधिन सडकमा स्वदेशी कच्चापर्दाथको प्रयोग गर्ने र आपूर्ति व्यवस्थालाई भरपर्दो बनाउने तथा कालोबजारी नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने सरकारको भावी योजना प्रदेश सरकारको रहेको मन्त्री आङ्बुहाङले बताए ।

यस्तै आगामी आर्थिक वर्षको बजेटमा सरकारले समग्र पर्यटन क्षेत्रका लागी ८३ करोड ३८ लाख, वन वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रका लागी १ अर्ब ३६ करोड, भौतिकपुर्वाधार तथा यातायात क्षेत्रका लागी १३ अर्ब २१ करोड, उर्जा तथा सिँचाई क्षेत्रका लागी ३ अर्ब १५ करोड र खानेपानी तथा सरसफाई क्षेत्रका लागी १ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यस्तो छ बजेटको पूर्ण पाठ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...