वेलायतमा देखियो नयाँ भाइरस ‘मंकीपक्स’, यो कति खतरनाक हुन्छ ?

New viras

काठमाडौं । अघिल्लो वर्ष चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वलाई नेहसनहस पारिरहेका बेला फेरिन विश्वलाई नै त्राहीत्राही बनाउने अर्काे नयाँ भाइरस फेला परेको छ ।

महामारी चलेको २ वर्ष बित्न लाग्यो यसको औषधि अझै पत्ता लागेको छैन । खोपबाट सिकिस्त र मृत्यु हुनबाट जागाउने तथ्य अनुसार अहिले संसार कोरोना विरुद्धको खोपमा केन्द्रित छ ।

कोरोनाबारे अध्ययन अनुसन्धान भइरहेको छ । यद्यपी यसबीचमा हन्टा भाइरस, बर्डफ्लुको दुर्लभ प्रजातिबाट मानिस संक्रमित भएको समाचारहरु पनि आए । अब अर्को भाइरसले पनि मानिसलाई बिरामी बनाएको छ । त्यो हो मंकीपक्स ।

बेलायतमा २ जनालाई मंकीपक्सको संक्रमण भएको पुष्टि भएको छ । उत्तरी वालेसमा २ जनालाई यसको संक्रमण भएको हो । दुवैजना अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भएकामध्ये एक जना बिरामी मे २८ मा नाइजेरियाको डेल्टाबाट बेलायत पुगेका थिए ।

नाइजेरियाबाट आएलगत्तै ती बिरामी परिवारकासाथ क्वारेन्टिनमा रहेका थिए । मे १० अनुहारमा डाबरजस्तो लक्षण देखिन सुरु भएको थियो । त्यसपछि छालाको नमुना लिई परीक्षणका लागि इङल्याण्डको प्याथोजिन ल्याबमा मे २४ मा पठाइएको थियो ।

यस्तै, अर्का बिरामी पनि मे २९ देखि क्वारेन्टिनमै रहेका थिए । उनलाई मे ३१ म मंकीपक्स संक्रमण पुष्टि भएको थियो । दुवै बिरामीको अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाइएको छ ।

मंकीपक्स स्मलपक्सको भाइरसकै समूह हो । मंकीपक्सको संक्रमणदर निकै कम हुने जनाइएको छ । खासगरि यो भाइरस अफ्रिकी मुलुकमा पाइन्छ र यी २ प्रकारका हुन्छन् ।

पश्चिमी अफ्रिकी र मध्य अफ्रिकी । विश्व स्वास्थ्य संगठनका अनुसार यो पनि जुनोटिक डिजिज हो । यो जनावरबाट मानिसमा सर्छ तर मानिसबाट मानिसमा निकै कम मात्रै सरेको पाइएको छ ।

मंकीपक्स घातक नहुने पनि विज्ञहरुले बताएका छन् । ज्वरो आउनु, टाउको दुख्नु, शरीर सुन्निनु, ब्याक पेन हुनु, मांशपेशीहरु दुख्नु यसको लक्षणहरु हुन् । सामान्य लक्षण देखिएको २ देखि ४ हप्तासम्म आफैं निको भएर जान्छ र मंकीपक्स सुरुमा सन् १९७० मा कंगोमा

९ वर्षका बालकलाई देखिएको थियो जबकी त्यहाँ १९६८ मानै स्मलपक्सको निवारण भएको घोषणा गरिएको थियो । कंगोमा देखिएपछि पछिका वर्षहरुमा ११ वटा अफ्रिकी मुलुकमा मंकीपक्सको केसहरु देखिन थालेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...