घट्यो कोरोना ग्राफ : थप २९१८ जनामा संक्रमित, ५१४७ जना संक्रमण मुक्त

कुन जिल्लामा कति थपिए संक्रमित ? (विवरण सहित)

Coronavirus testing

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार देशभर ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।

यस्तै गत २४ घण्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ९ हजार ४ सय ३८ पीसीआर तथा ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षण भएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

कहाँ कति थपिए ? (विवरण सहित)
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा २१, ओखलढुंगा२, झापामा १६०, तेह्रथुम ३, धनकुटामा ४, पाँचथर ३३, भोजपुरमा ४, मोरङमा ११५, संखुवासभामा ५, सोलुखुम्बु ११ र सुनसरी १०६ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ४०, पर्सामा १०, बारामा ७, महोत्तरीमा ८, रौतहटमा ११, सप्तरीमा २२, सर्लाहीमा ७ र सिरहामा ७ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३९६ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ८४, चितवनमा १०८, दोलखामा ३४, धादिङमा २८, नुवाकोटमा ८५, भक्तपुरमा ६६, मकवानपुरमा५२, रसुवा १०, रामेछापमा ११, ललितपुरमा १४५, सिन्धुपाल्चोकमा २२ र सिन्धुलीमा २१ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ८१, गोरखामा ३१, तनहुँमा ६, नवलपरासी पूर्वमा ५०, पर्वत २, म्याग्दी ५, लमजुङमा ३, बागलुङमा ५ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा ५, गुल्मीमा ८, दाङमा २७, नवलपरासीमा ८, पाल्पामा २६, प्यूठानमा २, बर्दियाका ६, बाँकेमा ४, रुकुम पूर्व १, रुपन्देहीमा ५६ र रोल्पामा ३ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको कालीकोटमा ३, जाजरकोटमा २, जुम्लामा १४, दैलेखमा १, रुकुम पश्चिममा ४, सुर्खेतमा १ र सल्यानमा ५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा ९, कैलालीमा ३, डडेल्धुरा ३, बझाङमा १, र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...