शनिबार घट्यो कोरोना संक्रमण : ३३८४ जनामा कोरोना पुष्टि हुँदा ६२९५ जना संक्रमणमुक्त

Corona test

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमित हुनेको संख्या ह्वात्तै घटेको छ । बैशाख अन्तिम सातादेखि उकोलो लागेकोकोरोना ग्राफ जेठ दोस्रो सातादेखि क्रमशः ओरालो लाग्न थालेको छ ।

कोरोना संक्रमण घट्ने क्रममा शनिबार पनि नेपालका कोरोना ग्राफ ओरालो लागको छ । शनिबार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५०६ जनाको पीसीआर परीक्षण र ५ हजार ९८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५३५ पुगेको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६ हजार ७७८ मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा १९ हजार ७५७ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ६१ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । शनिबार नेपालमा २४ घण्टामा शनिबार ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।

प्रतिकृया दिनुहोस