धनकुटामा १२४७ जनोले लगाए कोभिड विरुद्धको भेरोसिल खोप

Khop vaccine

धनकुटा । धनकुटा जिल्लामा दुई दिनमा १ हजार २ सय ४७ जनोले कोभिड विरुद्धको भेरोशिल खोप लगाएका छन् ।

धनकुटा जिल्लाको ७ वटा पालिकाको सात वटा खोप केन्द्रमा दोस्रो दिन ७ सय ७७ जना खोप लगाएका थिए भने पहिलो दिन बिहीबार ४ सय ७० जनाले कोभिड विरुद्धको भेरोशिल खोप लगाएका छन् ।

खोप सुरु भएको दोस्रो दिन धनकुटा नगरपालिकामा २२६ जना, महालक्ष्मी नगरपालिकामा १५५ जना, पाख्रिवास नगरपालिकामा ३२ जना, सागुरीगढी गाउँपालिकामा ११७ जना, छथरजोरपाटी गाउँपालिकामा १५४ जना, सहिदभूमी गाउँपालिकामा ७१ जना र चौबिसे गाउँपालिकामा २२ जना वृद्धवृद्धारुले कोभिड विरुद्धको भेरोसिल खोप लगाएको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरागाईले बताए ।

धनकुटा जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा र अन्य केही खोप केन्द्रहरुमा संचालन भएको कोरोना विरुद्धको खोप लगाउने अभियानको धनकुटा अस्पताल विकास समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्क्ष कृष्ण श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, डिजेश शाक्य, विपिन थापा लगायतका पदाधिकारीहरुले अनुगमन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...