संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो : थप ३,७५० जनामा कोरोना पुष्टि

कहाँ कति संक्रमित थपिए ?

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रबार देशभर ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ। शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ९ हजार ५ सय ९८ पीसीआर तथा ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण भएको छ।देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन् ।

कहाँ कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३ , उदयपुरमा ७, ओखलढुंगा १, खोटाङ २, झापामा ३५, ताप्लेजुङमा ४, तेह्रथुममा ७, धनकुटामा ९, भोजपुरमा २, मोरङमा १५१, संखुवासभामा १०, सोलुखुम्बु ३ र सुनसरी ८४ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ४२, पर्सामा ५, बारामा ७, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा १९, सर्लाहीमा ६ र सिरहामा १५ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ९२१ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ५०, चितवनमा ८३, दोलखामा १८, धादिङमा २२, नुवाकोटमा ११७, भक्तपुरमा ५६, मकवानपुरमा ४९, रसुवा ५, रामेछापमा ९, ललितपुरमा १६३, सिन्धुपाल्चोकमा ३५ र सिन्धुली २० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ११७, गोरखामा ९, तनहुँमा २८, नवलपरासी पूर्वमा ५४, पर्वत १८, म्याग्दी ९, लमजुङमा १५, बागलुङमा ३ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७, कपिलवस्तुमा २०, गुल्मीमा १७, दाङमा ३३, नवलपरासीमा १३, पाल्पामा १७, प्यूठानमा २, बर्दियाका १५, बाँकेमा ८, रुपन्देहीमा ५३ र रोल्पामा ८ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्ला ३२, डोल्पा १, दैलेखमा २३, रुकुम पश्चिममा २, मुगुमा १, सल्यानमा ४, र सुर्खेतमा ११६ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २३, कैलालीमा ७२, डडेल्धुरामा ३, डोटी ४, दार्चुलामा १, बाजुरामा १, दार्चुलामा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...