देशैभर ह्वातै घट्यो संक्रमण : थप ३७४९ जना संक्रमित, ५२९३ जना संक्रमणमुक्त

Coronavirus testing

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर परीक्षणबाट २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षणबाट ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५४०, झापामा १९२, सुनसरीमा १६६, ललितपुरमा १२५, मोरङमा १४३ र कास्कीमा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै भक्तपुरमा ९९, रूपन्देहीमा ७७, नुवाकोटमा ७६, चितवनमा ७२, कैलालीमा ६३, धादिङमा ६२, लमजुङमा ६१, तनहुँ र नवलपरासीमा ६०/६० जनामा कोरोना संक्रमित थपिएका छन् ।

काभ्रेपलाञ्चोकमा ५९, उदयपुरमा ५८,धनुषामा ५१,संखुवासभामा ४९,गोरखामा ४६, मकवानपुरमा ४४,सर्लाही, सिन्धुली र रूकुम पश्चिममा ४३/४३ जना,दोलखामा ३९, सिन्धुपाल्चोक र दाङमा ३८/३८ जना, रसुवामा ३७ र नवलपरासी पश्चिममा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै खोटाङ र डोटीमा २९/२९ जना,सिरहा र पाल्पामा २६/२६ जना, रोल्पामा २५, सुर्खेतमा २४, सप्तरीमा २०, बर्दियामा १८,बाँकेमा १६, महोत्तरीमा १५, कञ्चनपुरमा १३ र रौतहटमा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्याङजा र कपिलवस्तुमा ९/९ जना, धनकुटामा ८, डडेलधुरामा ७, रामेछाप, जुम्ला र दैलेखमा ७/७ जना, इलाममा ५, बारा, अर्घाखाँची र दार्चुलामा बैतडीमा ३/३ जना, तेह्रथुम, भोजपुर, सोलुखुम्बु,प्‍युठान र सल्यानमा २/२ जना तथा ओखलढुंगा,पाँचथर, पर्सा, पर्वत, मुस्ताङ, म्‍याग्दी, गुल्मी, कालिकोट र अछाममा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १०१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...