कोरोनाले खोस्यो धनकुटाका विश्वप्रकाश श्रेष्ठको परिवारको खुसी, महिना दिनभित्रै ३ जनाको मृत्यु

Bishprakash shrestha dkt

धनकुटा । कोरोना संक्रमणका कारण धनकुटामा एक महिनाको अवधीमा एकै घरमा तीन जनाको मृत्यु भएको छ । जसमा आमा, एक छोरा र एक छोरी छन् ।

आमा बितेको ठीक एक हप्तामा धनकुटा नगरपालिका वडा नं. ६ निवासी विश्वप्रकाश श्रेष्ठको मंगलबार निधन भएको छ । श्रेष्ठको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

कोरोना संक्रमणकै कारण श्रेष्ठकी ९४ वर्षीय आमा शौभाग्यदेवी श्रेष्ठको जेठ १८ गते मात्रै मृत्यु भएको थियो भने बैशाख २४ गते उनकी दिदी बिजयाश्री श्रेष्ठको मृत्यु भएको थियो ।

स्व. श्रेष्ठ नेपाल राष्ट्रिय अभिभावक संघ धनकुटाका सल्लाहकार, तरुण दल धनकुटाका संस्थापक अध्यक्ष, धनकुटा क्याम्पसका प्राद्यापक संघका पूर्व सभापति समेत थिए । धनकुटा बहुमुखी क्यापसका राजनीतिक शास्त्रका पूर्व प्राध्यापक थिए ।

२०५४ सालमा भएको धनकुटा नगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए । २०१३ साल असार १३ गते धनकुटा नगरपालिका वडा नं ६ वीचबजार धनकुटामा जन्मनु भएका स्व श्रेष्ठको श्रीमती दुई छोरा र एक छोरी छन् ।

३ दिन झण्डा झुकाइने
स्व. श्रेष्ठको सम्मानमा नेपाली कांग्रेस धनकुटाले जिल्ला पार्टी कार्यालयमा तीन दिनसम्म झण्डा झुकाएर कार्यालय बन्द गर्ने भएको छ । नेपाली कांग्रेस धनकुटाका नेतासमेत रहेका श्रेष्ठको निधनपछि नेपाली कांग्रेस धनकुटाले शोक व्यक्त गर्दै ३ दिन पार्टी झण्डा झुकाएर कार्यालय बन्द गर्ने निर्णय गरेको सचिव विजय सन्तोषी राईले बताए ।

स्व श्रेष्ठ बौद्धिक नेताका साथै कुशल संगठनकर्ता अत्यन्तै मिलनसार,सहयोगी तथा शालिन व्यक्तित्वको रुपमा रहनु भएकोले उहाँको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईद्धारा हस्ताक्षरित शोक विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...