नेप्से परिसूचकमा रेकर्ड ब्रेक, सात कम्पनीको शेयरमा सर्किट

Stock market

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा रेकर्ड ब्रेक भएको छ । मुलुकको कूल गार्हस्थ उत्पादनलाई शेयर बजारले पछाडि पारेको छ ।

गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नै रेकर्ड ब्रेक गर्दै मंगलबार ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार अधिकतम ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

यो हालसम्मकै सबैभन्दा धेरै हो । नेपाल धितोपत्र बोर्डका अध्क्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताएकै दिन बजार पूँजीकरणमा उल्लेख्य सुधार देखिएको हो ।

त्यसो त आज ठूला ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार यस दिन सबैजसो समूहहरु धनात्मक हुँदा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र लगानीका क्षेत्रहरु ऋणात्मक भएका छन् ।
आज कुल २१८ कम्पनीका ३ करोड ५७ लाख ३७४ कित्ता सेयर १ लाख ४९ हजार ७०८ पटक किनबेच हुँदा कुल १६ अर्ब ९६ करोड १२ लाख ९९ हजार ४० रुपैयाँको कारोबार भएको छ ।

होटल तथा पर्यटन १६.४५, लघुवित्त २४.२१ र लगानी ०.९३ ले ओरालो लागेको छ । बैंकिङ २०.१, व्यापार १९.२७, विकास बैंक ३९८.२९, जलविद्युत् ५८.३६, वित्त १८५.९३, निर्जीवन बीमा ५५४.१५, उत्पादन १२९.३, अन्य ४५.६३,जीवन बीमा ६६८.५७ र सामूहिक लगानी कोष ०.३४ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब छ करोड ६४ लाख ६४ हजार ७२१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

रसुवागडी हाइड्रोपावर रु ४७ करोड ८२ लाख ९२ हजार १०७, युनाइटेड मोदी रु ३७ करोड ३९ लाख ७९ हजार ५८, लुम्बिनी विकास बैंक रु ३५ करोड ७८ लाख ७४ हजार ४९६ र नेपाल पूर्वाधार बैंक ३३ करोड ३१ लाख १५ हजार १०९ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै, हिमालयन जनरल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स,जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मेरो माइक्रोफाइनान्स २.८५, हिमाल दोलखा हाइड्रोपावर २.८२, सामुदायिक लघुवित्त २.६१, मिथिला लघुवित्त २.०७ र आइसिएफसी फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९४ प्रतिशतले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...