काठमाडौँ उपत्यकामा घट्न थाल्यो संक्रमण, १११५ जना कोरोना पुष्टि

11953238 3x2 940x627

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय १५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० जना संक्रमित थपिएका हुन्।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ भने ९२ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित निको भएका छन्।

 

प्रतिकृया दिनुहोस