देशैभर घट्न थाल्यो कोरोना संक्रमण : थप ४४७२ जनामा कोरोना पुष्टि, ६९५१ जना संक्रमणमुक्त

Corona test

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट ३ हजार ३७० र ५ हजार ९०१ एन्टिजेन परीक्षणबाट १ हजार १०२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ ।

गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ६ हजार ६३६ तथा शनिबार ८ हजार २ सय ४३ संक्रमणमुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस