शेयर बजारमा ऐतिहासिक उछाल आउँदा १७ अर्बभन्दा बढीको कारोबार, कसले कति कारोवार गरे ?

Nepse uchai

काठमाडौं । नेपाली सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै माथिल्लो बिन्दुमा पुगेको छ । कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ५० अंकले बढेर रेकर्ड विन्दुमा पुगेको छ ।

बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० दशमलव १३ अंकले बढेर २९ सय ६ दशमलव ८९ विन्दुमा पुगेको हो । यो नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु हो ।

आज तीन करोड ७४ लाख कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यसबाहेक गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, रिडि हाइड्रोपावर विकास कम्पनी, नेपाल बंगलादेश बैंकको कारोबार सर्किट लेवलमा भएको छ ।

राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यसबाहेक दिव्येश्वरी हाइड्रो, नारायणी विकास बैंक, आँखुखोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावरको मूल्य सर्वाधिक घट्नेमा रहृयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...