संक्रमणमुक्त हुनेको संख्या बढ्यो : थप ६६५३ जनामा संक्रमण पुष्टि

Corona test

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा झण्डै २ हजार जना संक्रमित निको भएका छन् ।

शुक्रबार थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।

सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा, १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१।९ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस