संक्रमितका आफन्तले गरे डा. विश्वकर्मालाई सम्मान

Dr.pujan bk samman

धनकुटा । ज्यान बचाई दिएको भन्दै कोरोना संक्रमित भएका विरामी तथा विरामीहरुको आफन्तले धनकुटा अस्पतालको प्रमुख डा. पुजन विश्वकर्मालाई सम्मान गरेका छन् ।

धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राम र कोभिड आकस्मिक कक्ष धनकुटा अस्पतालमा चौविसै घण्टा ज्यानको प्रवाह नगरी विरामीहरुको उपचारमा निरन्तर खट्ने गरेका छन् ।

मृत्युको मुखैमा पुगेर पनि आफुलाई बचाएको भन्दै धनकुटा अस्पतालको कोभिड आकस्मिक कक्षमा सिकिस्त भई १६ दिनसम्म उपचार गराएर निको भई घर जान लागेका धनकुटा जिल्ला पाख्रिवास नगरपालिका वडा नं. ४ का सन्तोकी गुरुङ, उनकी श्रीमती ज्योती गुरुङ, र अन्य कोरोना संक्रमित विरामीहरुका आफन्तहरु निराज राई, युवराज श्रेष्ठ लगायतले धनकुटा अस्पतालका डा. पुजन विश्वकर्मालाई खादा तथा माला लगाई दिई सम्मान गरेका हुन् ।

धनकुटा कोभिड अस्पताल अद्योगिक ग्राम, धनकुटा आइसोलेसन सेन्टर, कोभिड आकस्मिक कक्षमा हालसम्म १ सय जनाभन्दा बढी निको भइसकेका छन् । धनकुटा कोभिड अस्पताल औद्योगिक ग्राम र कोभिड आकस्कि कक्ष धनकुटा अस्पतालमा गरी २१ जना कोरोना संक्रमितहरु उपचार भइरहेको छ ।

जिल्लामा संक्रमण बढ्दै गए पनि आफ्नो ज्यानको बाजी थापेर संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आफन्तले मात्रै होइन, सिंगो धनकुटेली र राज्यले पनि सम्मान गर्नुपर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...