कोरोनाबाट उदयपुरमा एकै घरका तीनको मृत्यु

Corona death 13

उदयपुर । कोरोना भाइरसबाट उदयपुरमा एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला आज बिहान साँढे ४ बजे रौतामाई गाउँपालिका वडा नं. ७ मुर्कुचीकी ७१ वर्षीय तिलमाया मस्राङ्गी मगरको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार दुई साताअघि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार गरिएको थियो ।

यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारकै क्रममा दुई छोराको पनि मृत्यु भएको थियो । कोरोना संक्रमणबाट मृत्यु हुनेमा जेठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुर मस्राङ्ंगीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कल मस्राङ्ंगीको नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस