धनकुटामा परिक्षण गरिएकामध्ये शत प्रतिशतमा कोरोना संक्रमण

Dhankuta pcr lab

धनकुटा । अन्य दिनको तुलनामा बिहीबार स्वाव परिक्षण गर्दा शतप्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण संख्याको आधारमा धनकुटामा पहिलो पटक शत प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनकुटा अस्पतालको ल्याबमा ४ जनाको कोरोना परिक्षण गरिँदा ४ जनामै कोरोना पुष्टि भएको छ । जसमा दुई महिला र दुई पुरुषको पीसीआर परीक्षण गर्दा सबैको रिपोट पोजिटिभ आएको हो ।

बिहीबार छथर जोरपाटी गाउँपालिका–५ र ६ नं. वडाका ३२/३२ वर्षीय महिला, पाख्रीवास नगरपालिका–३ का २८ वर्षीय पुरुष र भोजपुरको अरुण गाउँपालिका–५ घर भई धनकुटा बस्दै आएका ६३ वर्षीय पुरुषले पीसीआर परीक्षण गर्दा सबैको पोजेटिभ आएको हो ।

यसअघि बुधबार पनि धनकुटा अस्पतालको ल्याबमा पाँच जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको थियो । धनकुटामा केही दिनयता पीसीआर परीक्षण घटाएर एन्टिजेन परीक्षण दर बढाइएको धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले बताए ।

प्रतिकृया दिनुहोस