आज फेरि बढ्यो संक्रमण : पछिल्लो २४ घण्टामा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमणमुक्त

Corona test

काठमाडौँ । बिहीबार देशभर ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी बिहीबार ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यसअघि बुधबार ७ हजार २ सय १९ कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिकृया दिनुहोस