सेयर बजारमा उच्च अंकले वृद्धि, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

Stock market

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २९ अंक भन्दा धेरैले बढेर बजारमा उल्लास देखिएको छ ।

१ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक बढेर २ हजार ८ सय ७५ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च अंक हो ।  साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक २९.५५ अंकले वृद्धि भएर १८५६.६७ विन्दुमा पुगेको हो । यस दिन प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.९६ अंकले बढेर ५१३.११ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज ११८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर १ लाख ५५ हजार ६५५ पटक कारोबार हुँदा अधिकतम १६ अर्ब ९० करोड ७० हजार २० लाख २८६ रुपैयाँको कारोबार भएको छ । केही दिनअघि यो भन्दा बढि १७ अर्ब माथिको कारोबार भएको थियो ।

आज सेयर बजारमा व्यापार, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य क्षेत्र बाहेका प्राय सबै समूहहरु धनात्मक (पोजिटिभ) रहेका छन् ।\आज सबैभन्दा बढि कमाउनेमा महिला लघुवित्त र मञ्जुश्री फाइनान्स लिमिटेड रहेका छन् भने, सबै भन्दा बढि गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड रहेका छन् ।

महिला लघुवित्तका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाएका छन् भने, पन्चकन्याका सेयर धनीहरुले अधिकतम ५.९२ प्रतिशतले गुमाएका छन् ।

हेर्नुस कुनले कमाए ? कुनले गुमाए ?

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...