चुरे क्षेत्र संरक्षणमा सरकार सचेत रहेको अर्थ मन्त्रालयको स्पष्टिकरण (विज्ञप्तीसहित)

Capture52333

काठमाडौं । बजेटमा गिटी, बालुवा निकासी गरेर व्यापार न्यूनीकरण गर्ने सरकारको घोषणाको चर्को विरोध भएपछि अर्थमन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै चुरे संरक्षणमा सरकार सचेत रहेको बताएको छ ।

बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पार्न नदिन सरकार सचेत रहेको बताएका हुन् ।

‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षण नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छ’ विज्ञप्तीमा भनिएको छ ।

प्रवक्ता आचार्यले चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्रीको दोहन हुन नदिने नीतिको मूल मर्म भएको उल्लेख गरेका छन् ।

सँगै मन्त्रालयले सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ, सरोकारवालासँग छलफल गरेर प्राप्त सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड बनाएर अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...