सरकारद्धारा १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक (बजेटको पूर्णपाठसहित)

कोरोना कालमा बढ्यो बजेटको आकार

Bishnu paudel with briefcase

काठमाडौं । कोरोना संक्रमण देश थिलथिलो बनेको बेला सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेटको आकार बढाएको छ ।

सरकारी आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

पौडेलद्धारा सिंहदरबारबाट सार्वजनिक गरिएको बजेटमा चालु खर्चका लागि ६ खर्ब ७८ अर्ब, पुँजीगत (विकास) खर्चका लागि ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख गरिएको छ ।

सरकारले बजेट स्रोतको रुपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ । यस्तै, ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ । तीन खर्ब नौ अर्ब रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।

यसपालि सबभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिएको छ । सरकारले शिक्षामा १ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्याएको छ । त्यस्तै गरी स्वास्थ्यमा १ खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको छ ।

सरकारले प्रतिनिधि सभा र स्थानीय तह निर्वाचनका लागिसमेत आवश्यक बजेट बिनियोजन गरेको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् । बजेटमा समेटिएका धेरै कार्यक्रम आउँदो निर्वाचनलाई लक्ष्यित गरेर ल्याइएका छन् ।

कोरोना महामारीसँग जुध्ने बजेट ल्याउने घोषणा गरेका अर्थमन्त्री पौडेलले निर्वाचनमा राजनीतिक लाभ लिने प्रमुख उद्देश्य बजेटमा राखेको देखिन्छ ।

बजेटको पूर्णपाठ हेर्नुहोस्

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...