कर्मचारीको बढ्यो तलव, महँगी भत्तालाई निरन्तरता

Money 15

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । यसअघि खाइपाई आएको महँगी भत्तालाई निरन्तरता दिइएको छ ।

सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।

२०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । उनले कोरोना महामारीका कारण अपेक्षित रुपमा तलव बढाउन नसकिएको पनि बताए ।

निजामती सेवा ऐनअनुसार प्रत्येक ३ वर्षमा निजामती कर्मचारीको तलबभत्ता पुनरावलोकन हुन्छ । मुख्य सचिवको संयोजकत्वमा रहेको समितिले ३ वर्षको भत्तामध्ये ७५ प्रतिशत तलबमा गाभेर २५ प्रतिशत भत्ता कायम गर्ने व्यवस्था ऐनमा छ ।

आगामी वर्ष ७० लाख नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिने उनले जनाएका छन् । प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नका लागि तयारी अगाडि बढाइने पनि सरकारको योजना छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...