रेलमार्ग बनाउन १० अर्ब ३ करोड रकम बजेट विनियोजन

Train 15

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ-पोखरा रेलमार्गका लागि सम्भाव्यता अध्ययन र जोगबनी-विराटनगरमा रेल चलाउने, जनकपुर जयनगरमा रेल चलाउने लगायतका योजना बनाएको छ । बर्दिवासदेखि निजगढसम्म वित्तीय व्यवस्था गरी निर्माणलाई अगाडि बढाइनेछ ।

रक्सौल–काठमाडौं र केरुङ–काठमाडौं रेलको अर्को वर्ष सम्भाव्यता अध्ययन सम्पन्न गरिने मन्त्री पौडेलले बताए । यी कामका लागि १० अर्ब बढि बजेट विनियोजन गरिएको हो ।

सरकारले हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो वर्ष हुलाकी राजमार्गका लागि यो बजेट विनियोजन भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस