बजेट सार्वजनिक : यस्तो छ सरकारले ल्याएका राहत तथा सहुलियतका कार्यक्रमहरु

Bishu paudel

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा सो भन्दामाथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने बताएका छन् ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उनले २५ लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिने बताएका हुन् ।सरकारले रसायिनक मलमा दिइने अनुदानमा वृद्धि गरेको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्‍याइएको बताएका हुन् ।

सरकारले उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा चिनी मिलमा उखु बिक्री गरेको १५ दिनभित्र अनुदान दिन ८४ करोड विनियोजन गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई ३ अर्ब बजेट विनियोजन गरिएको छ । बाँझो जमिनमा खेती गर्नका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न राहत तथा सहुलियतका लागि बजेट विनियोजन गरेका छ । आर्थिक पुनर्स्थापना, गुणस्तरीय खानेपानी सुनिश्चित गरिने, खानेपानीमा मासिक २० हजार लिटरमा रुपैयाँ छुट, निषेधाज्ञामा बिजुली शुल्कमा छुट दिइने छ ।

इजाजत नवीकरण दस्तुरमा छुट दिने, होटललाई आइसोलेसन बनाए सरकारले सेवामा छुट दिन, बजारमा लैजाने नासवान् बस्तुको ढुवानीमा छुट, वैकल्पिक अध्ययनका लागि सरकारले ऋणमा ल्यापटप उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

सरकारी स्वामित्वको घर लिएर व्यापार गरेकालाई ५० प्रतिशत भाडामा छुट दिने, कोभिड प्रभावित व्यायसायीलाई दिइदै आएको ५ प्रतिशत छुटलाई निरन्तरता दिने, सहुलियतपूर्ण कर्जामा पनि पाँच प्रतिशत सहुलियत दिने, सडक ऊर्जा र रेल निर्माण परियोजनामा कानुनी व्यवस्था गरिने, युवा उद्यमीलाई परियोजना धितो राखी एक प्रतिशत ब्याजमा २५ लाख दिइने, नेपाल भ्रमण गर्ने विदेशीलाई एक महिना भिसा निःशुल्क थपिने मन्त्री पौडेलले जानकारी दिए ।

सरकारले कोभिड १९ प्रभावित विभिन्न उद्योग तथा व्यवसायले तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर आगामी आर्थिक वर्षका लागि छुट गरेको छ । अर्थमन्त्री पौडेलले होटल ट्राभल ट्रेकिङ लगायतका पर्यटन व्यवसाय, सार्वजनिक यातायत, हवाइ सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्यूटी पार्लर, हेल्थ क्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुरमा छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए । ती उद्योगहरु स्वतः नविकरण हुने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...