जेष्ठ नागरिक भत्ता ४ हजार पुग्यो, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शतप्रतिशत वृद्धि

Bishnu paudel

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको भत्ता दुई हजारबाट चार हजार पुर्‍याइने बताएका छन् ।

हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

यस्तै, जेष्ठ नागरिकका लागि निस्शुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ महिनादेखि नै लागु हुनेगरी खानेपानीका ग्राहस्थ उपभोक्तालाई २० हजार लिटर खानेपानी छुट दिइने बताएका छन् ।

आगामी वर्षको बजेट सार्वजनिक गर्दै शनिबार अर्थमन्त्री पौडेलले भने, ‘गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले ग्राहस्त उपभोक्तालाई वितरण गर्ने मासिक २० हजार लिटरसम्मको खानेपानी महसुल यसै महिनादेखि छुट दिइ निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु ।’

सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरेको छ ।

अर्थमन्त्री पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताए । उनले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...