अर्थमन्त्री विष्णु पौडेल बजेट प्रस्तुत गर्दै, कोरोना नियन्त्रण केन्द्रित रहेको दावी

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन

Bishnu paudel

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थि वर्ष २०७८/०७८ को बजेट प्रस्तुत गर्न थालेका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् ।

अर्थमन्त्री पोडेलले कोरोना संक्रमणका बेला अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने विद्युत महसुलमा ५० प्रतिशत छुट दिइने बताएका छन् ।

अर्थमन्त्रीले कुनै पनि नागरिकलाई उपचारमा बजेट अभाव हुन नदिने बताए । उनले सरकारको मुख्य लक्ष्य महामारी नियन्त्रणमा केन्द्रित हुने बताए ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ । यस्तै,सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जनाएका छन् ।

अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम,नियन्त्रणका लागि उक्त रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याएको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...