सरकारलाई नेपालको आर्थिक वृद्धिदर चालु वर्षमा पनि भेटाउन मुस्किल

यस्तो छ सरकारी आँकलन (पूर्ण विवरणसहित)

Bishnu paudel

काठमाडौं । बजेट सार्वजनिक गर्नुअघि नै अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४ दशमलव १ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । आर्थिक सर्वेक्षण २०७७र७८ सार्वजनिक गर्दै उनले कोभिड –१९ ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् ।

नेपालको २०७६र७७ मा आर्थिक वृद्धिदर २ दशमलव १२ प्रतिशत ऋणात्मक थियो । चालु आवमा ४ दशमलव १ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

कोरोनाका कारण पीसीआर परीक्षण र निःशुल्क उपचार गरिएको उनले जानकारी दिए । धानको उत्पादन १ दशमलव ३ प्रतिशतले बढेको छ । राष्ट्रिय जिडिपी ४२ खर्ब ६६ अर्ब ३२ अर्ब रहेकोमा बाग्मती प्रदेशको बढि र कर्णालीप्रदेशको सबैभन्दा कम रहेको छ ।

चालू आर्थिक वर्षमा १८ दशमलव १ प्रतिशतले बढेर १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान सार्वजनिक गरेको हो । ५ दशमलव ८ प्रतिशले बढेर १ हजार १ सय ९१ अमेरीकी डलर पुगेको अनुमान मन्त्रालयले सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा ३ दशमलव ५ प्रतिशतले मुल्यवृद्धि भएको जनाइएको छ । तर अघिल्लो वर्ष भने ६ दशमलव ५ प्रतिशत मूल्यवृद्धि रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट घाटा ६५ दशमलव ५ प्रतिशतले बढेर २९ अर्ब १६ करोड पुगेको छ । चालू आर्थिक वर्षको फागनुसम्म ५ खर्ब १ अर्ब ९७ करोड राजश्व संकलन भएको छ ।

६८ अर्ब सोधनान्तर बचत रहेकोमा चालु खाता भने १ अर्ब ४८ अर्ब ६८ अर्बले घाटामा रहेको मन्त्रालयले सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षमा ७ अर्ब ४८ विदेशी अनुदान र ८५ अर्ब २ करोड ९१ अर्ब ५० करोड विकास सहायता परिचालन भएको छ । मन्त्रालयका अनुसार ५० अर्ब ३८ करोड र अनुदान र ९ अर्ब ७१ करोड गरी ६० अर्ब ९ करोड ऋण प्रयोग भएको जनाएको छ ।

यस्तो छ सरकारी आँकलन

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...