गोरखा अस्पतालमा एचडीयू बेड र अक्सिजन प्लान्ट सञ्चालनमा

Hdu 1 gorkha

काठमाडौँ । दुई महिना कोरोना महामारीको सामना गरिसकेपछि गोरखा अस्पतालमा बल्ल एचडीयु बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ । १५ वटा सुविधा सम्पन्न एचडीयु वेड शुक्रबारदेखि सञ्चालन गरिएको अस्पताल ब्यवस्थापक लिपासा श्रेष्ठले बताइन् ।

एचडीयु वेडको शुक्रबार गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत र अक्सिजन प्लान्टको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले उद्घाटन गरेका हुन् ।‘१५ वटा मध्ये १० वटा वेडमा पाईपबाट अक्सिजन पुर्‍याइएको छ’, उनले भनिन्, ‘पाँचवटामा पाइ जोडिएको छैन ।’ अहिले एचडीयु वेड राखिएको ठाउँ अस्थायी हो । कोरोनाको संक्रमण बढेपछि हतारहतार अहिले क्यान्टिनका लागि निर्माण गरिएको कोठामा वेड र अक्सिजन प्लान्ट सञ्चालन गरिएको उनले बताइन् ।

भुकम्पमा भत्किएको अस्पताल भवन पुन निर्माणको चरणमा भएकाले २८ वेच एचडीयु अस्पतालमा रहेपनि सबै जडान गरिएको छैन । अहिले जोडिएको र बाँकी बेड नयाँ भवन बनेपछि त्यहाँ स्थानान्तरण गरेर जोडिने अस्पतालले जनाएको छ ।

गोरखा अस्पतालमा अहिले जडान गरिएको अक्सिजन प्लान्टले अहिले जोडिएको १० वेड बाहेक एक दिनमा ४७ लिटर क्षमताको १५ देखि १८ वटा अक्सिजन सिलिण्डर भर्न सकिने शर्माले बताए । यसले गोरखामा केही हदसम्म सहज हुने उनले बताए।

उद्घाटन गर्दै मन्त्री बस्नेतले गण्डकी प्रदेशको नवलपुर र मनाङ बाहेक सबै जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भएको बताए । ‘नवलपुरमा केही दिनमा सुरु हुन्छ, भने मनाङमा भने थ्रीफेज लाईन नहुँदा समस्या भएको छ,ु मन्त्री बस्नेतले भने ।

गोरखाका मेयर राजनराज पन्तले गोरखा अस्पतालमा संचालन भएको अक्सिजन प्लान्ट र एचडियू वेडले दुर्गम ठाउँका बिरामीलाई पनि सेवा सुविधा पाउने बताए । साथै उनले कोरोना संक्रमण बढेको खण्डमा अस्पतालको बेडले मात्र नथेग्ने हुँदा नगरपालिकाले उद्योग बाणिज्य संघको हलमा आइशोलेसन निर्माण गरेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...