यसरी छाता ओढेरै बेलायतको स्वास्थ्य सामाग्री बुझे स्वास्थ्यमन्त्रीले

Nepal uk help

काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो ।

बेलायतले नेपाललाई प्रदान गरेको २६० भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरेकी हुन् ।

सोही जहाजले नेपाल मेड युकेले पठाएको सामग्री पनि ल्याएको छ । यसअघि बेलायती संसद्‍मा नेपाललाई तत्काल कोरोना खोपलगायतको सहयोग गर्ने विषयमा छलफल भएको थियो । नेपालको संसद्‍मा भने बेलायती संसद्‍मा भएजति समय पनि कोरोना महामारी नियन्त्रणबारे छलफल नभएको भन्दै आलोचना भएको थियो ।

बेलायतले दिएका स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्यमन्त्री त्रिपाठले बेलायत सरकारले महामारीविरुद्ध जुध्नका लागि गरेको सहयोगप्रति धन्यवाद दिएका थिए । राजदूत पोलिटले नेपाललाई बेलायत सरकारले सहयोग जारी राख्ने बताइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...