भागेर ज्यान जोगाएका स्वास्थ्यकर्मी भन्छन्,  ‘घाँटी अँठ्याउने र लात्ताले हान्नेजस्ता हर्कत भयो, कसरी काम गर्ने अब ?

Capture45423

काठमाडौँ । भेरी अस्पतालमा शुक्रबार बिहानैदेखि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रेका छन् । अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट एवं हातपात गरेका थिए । यसै घटनाको विरोधमा स्वास्थ्यकर्मीहरुले शुक्रबार बिहानैदेखि आन्दोलन गरेका हुन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको अस्पताल श्रोतले जनाएको छ

अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो । उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण गर्दै अस्पताल तोडफोड समेत गरेको अस्पताल प्रशासनको भनाइ छ । ‘आइसियू कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको घटनाले आम स्वास्थ्यकर्मीलाई दुस्खी बनाएको’ आन्लोलनमा उत्रिएका नर्सहरुले बताएका छन् ।

उपचाररत नर्सले ‘पिपिई’ सेट लगाएका थिए । उनीहरुलाई घाँटी अठ्याएर हत्या प्रयास भएको बताइएको छ । ‘घाँटी अँठ्याउने र लात्ताले हान्नेजस्ता हर्कत भयो, हामी कसरी काम गर्ने अब ?’ पीडित नर्स अस्मिनी गुरुङले भनिन् ।

१३ नं. बेडमा उपचाररत विरामीको अक्सिजन लेबल समय समयमा घटबढ भैरहेको थियो । डाक्टरले जानकारी गराएपनि उनिहरुले एक्कासी आक्रमण शैलीमा हामीमाथि आक्रमण गरेको उनले बताइन् । हामीलाई लखेटी खलेटी क्याविनमा भाग्दा समेत हामीलाई छोडेनन् । त्यसपछि झ्यालबाट हाम फालेर ज्यान जोगाएको पिडित नर्स गुरुङले बताइन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...