कोरोनाबाट बानका अध्यक्ष न्यौपानेको मृत्यु

Chandra neupane

इटहरी । कोरोना संक्रमणका कारण व्यवसायीक रेडियोहरूको छाता संगठन ब्रोकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ ।

५० वर्षीय न्यौपानेलाई उपचारको क्रममा रेमडिसिभर औषधी प्रयोग गरिएको थियो भने प्लाज्मा थेपारी पनि गरिएको थियो ।

उनको उपचारको क्रममा विराटनगरको विराट मेडिकल कलेजमा आज बिहान साढे ८ बजे निधन भएको इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।

उनी कोरोना संक्रमण भई १८ दिनदेखि उपचाररत थिए । उनलाई केही दिन आइसियुमा र त्यसपछि स्वास्थ्यमा सामान्य सुधार आएपछि एचडियुमा राखिएको थियो । फेरि स्वास्थ्यमा समस्या देखिएपछि केही दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

इटहरी निवासी न्यौपाने नेपाल विज्ञापन बोर्डको सदस्य र सप्तकोसी मिडिया प्रालीद्वारा सञ्चालित सप्तकोसी एफएमका स्टेसन म्यानेजरसमेत थिए । नेकपा एमालेको प्रचार विभागको सदस्य थिए ।

हालसम्म नेपालभर १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ भने ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...