धनकुटामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

Dhankuta pcr lab

धनकुटा । धनकुटामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार जिल्ला अस्पतालको ल्याबमा ५२ जनाको पीसीआर परीक्षण गर्दा १८ पुरुष र १९ महिलाको कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये धनकुटा नगरपालिकाका १४ पुरुष १२ महिला गरी २६ जना, पाख्रिबास नगरपालिकाका ५ महिला र २ पुरुष गरी ७ जना, छथर जोरपाटी गाउँपालिकाका २ महिला र सहिदभुमी गाउँपालिकाका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

बिहीबार धनकुटा अस्पतालको ल्यावमा धनकुटा, संखुवासभा र पाँचथरका ९३ जनाको पिसिआर टेष्ट भएकोमा ५९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. पुजन विश्वकर्माले बताए

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...