संक्रमित हुने भन्दा निको हुने धेरै, ६९३९ जना संक्रमित हुँदा ७२२६ जना संक्रमणमुक्त

Corona test

काठमाडौँ । नेपालमा लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए ।

बिहीबार एकैदिन देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २ सय २६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यसअघि बुधबार ६ हजार ७ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।

बुधबार काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...