हेटौँडा अस्पताललाई अक्सिजन खरिदमा ९ लाख

Hetauda1618471878 768

काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन खरिदका लागि ग्रामीण असाहय बालबालिका सामुदायिक पुनःस्थापना केन्द्र मकवानपुरले ९ लाख सहयोग गरेको छ ।

अस्पताललाई एक महिनासम्म आवश्यक पर्ने दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी ९ लाख सहयोग गरेको हो ।केन्द्रकी अध्यक्ष सुमित्रा काफ्लेले अस्पतालमा उपचार हुने कोभिड–१९ का बिरामीको उपचारमा सघाउ पुर्याउने उद्देश्यले सिलिण्डर खरिद गर्न रकम सहयोग गरेको जनकारी दिए ।

अस्पतालमा रहेका बिरामीका लागि दैनिक २४० वटा सिलिण्डर अक्सिजन आवश्यक रहेको भन्दै हालसम्म दाताका कारण खासै अक्सिजनको अभाव सिर्जना नभएको अस्पतालको दाबी छ । हेटौँडा अस्पताललाई नेपाल जेसिज केन्द्रीय कार्यालयले १०१ वटा सिलिण्डर अक्सिजन सहयोग गरेको छ । जेसीआई हेटौँडाको पहलमा नेपाल जेसिजमार्फत अक्सिजन सहयोग गरिएको नेपाल जेसिज वर्ष अध्यक्ष अरुणेश्वर खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...