बजेट ल्याउने चोर बाटो नै अध्यादेश : भोली २ बजे आर्थिक सर्वेक्षण, पर्सि ४ बजे बजेट आउने

Budget book

काठमाडौं । सरकारले आर्थिक सर्वेक्षण भोली शुक्रबार सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार शुक्रबार २ बजे मन्त्रालयमै आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रम राखिएको छ ।

नेपालको संविधान अनुसार जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने उल्लेख छ । सोही अनुसार कम्तीमा १५ दिनअघि नै संसदमा बजेटमाथि छलफल गरिने भनिए पनि राजनीतिक तरलता र सरकार गठनको जालझेलका कारण सांसदहरुले बजेटको विषयमा छलफल गर्न पाएनन् ।

सरकारले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि तरल राजनीतिका कारण यो पटक नीति तथा कार्यक्रम आएन ।

काम चलाउ सरकारले काम चलाउ बजेट ल्याउनुपर्ने विज्ञहरुले भनिरहेका बेला ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी पपुलर खालको हुने आंकलन गरिएको छ ।

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका छन् । कार्यक्रम जुम प्रविधिबाट सार्वजनिक गर्ने जनाएको छ ।

फोटो तथा भिडियोका लागि सीमित पत्रकारलाई अर्थ मन्त्रालय प्रवेश दिने गरी तयारी गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले बालुवाटारबाट जेठ १५ गते शनिबार शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

ओली सरकारले चुनाव घोषणा गरेकाले मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझिएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी पपुलर खालको हुने आंकलन गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता र राष्ट्रसेवक कर्मचारीको तलव बढाउने घोषणा गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस