घटेन धनकुटामा कोरोना संक्रमण, झण्डै ५७ प्रतिशतलाई देखियो कोरोना संक्रमण

Dhankuta pcr lab

धनकुटा । एकसाता यता धनकुटामा निरन्तर रुपमा कोरोना संक्रमितको संख्या बढिरहेका छ । संख्यात्मक रुपमा मंगलबार धनकुटामा कोरोना संक्रमितको संख्या घटेको देखिए पनि परिक्षण गरिएको संख्याको आधारमा भने झण्डै ५७ प्रतिशत भन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

धनकुटाका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा ८५ जनाको पीसीआर परीक्षण गर्दा २८ महिला र २१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । यो संख्यात्मक रुपमा ५७ दशमलव ६४ प्रतिशत हो ।

मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएकोमा धनकुटा नगरपालिकाका १९, साँगुरीगढी गाउँपालिकाका १४, छथर जोरपाटी गाउँपालिकाका १० र पाख्रीवास नगरपालिकाका ४ जना छन् । तेह्रथुमको लागिगुँरास–२ घर भई धनकुटा बस्दै आएका ३५ र ४६ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

सोमबार धनकुटा थप ११३ जनामा सोमबार कोरोना संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी ग्रामिण क्षेत्रमै संक्रमित भएका थिए । महालक्ष्मी नगरपालिकाका ६३ र सहिदभूमि गाउँपालिकाका २४ जना संक्रमित भएका छन्, जुन ठाउँ धनकुटाको दुर्गम क्षेत्रमै पर्छ ।

यसलाई हेर्दा पछिल्लो केही दिनयता पूर्वी पहाडी जिल्ला धनकुटा कोरोना संक्रमणको ‘हटस्पट’ नै बनेको देखिन्छ । धनकुटामा कोरोना नियनत्रणका लागि बैशाख २२ गते बुधबारदेखि निरन्तर रुपमा निषेधाज्ञा जारी गरिएको छ । तर, पनि धनकुटमा कोरोना संक्रमण घट्नुको सट्टा झन बढेको देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...