पछिल्लो २४ घण्टामा ८६३६ कोरोना संक्रमित थपिए, १६९ जनाको मृत्यु

Corona vaers

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ४ सय ४ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि सोमबार ७ हजार १ सय ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८६३, कास्कीमा ५७८, ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेपलाञ्‍चोकमा ३२८ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सिन्धुपाल्चोकमा २७१, सुनसरीमा २६७, रूपन्देहीमा २२४, धादिङमा २०१, झापामा १८०, सर्लाहीमा १७३, दाङमा १५९, लमजुङ र सर्खेतमा १४४/ १४४ जना, रामेछापमा १४३, कञ्‍चनपुरमा १३०, गोरखामा १२१, चितवनमा ११९, धनुषामा ११७, धनकुटामा ११५, पर्वतमा ११२ र मकवानपुरमा १०३ जना संक्रमित थपिएका छन् ।

बाँकेमा ९५, अछाममा ९२, सप्तरीमा ८१, पाल्पामा ७७, सिन्धुलीमा ७५, नुवाकोटमा ६९,तनहुँमा ६८, नवलपरासी पूर्व र बर्दियामा ६५/६५ जना, रसुवामा ५९, बारामा ५८, दोलखामा ४९, दैलेखमा ३९,स्याङजा र बैतडीमा ३८/३८ जना, उदयपुरमा ३५, डडेलधुरामा ३३, पर्सामा ३१ र महोत्तरीमा ३० जना संक्रमित थपिएका छन् ।

यस्तै सल्यानमा २६, ओखलढुंगा र नवलपरासी पश्चिममा २४/२४ जना, दार्चुलामा २३, अर्घाखाँचीमा २०, म्याग्दीमा १९, रौतहटमा १४, संखुवासभामा ११,प्‍युठान र जुम्लामा ९/९ जना, कपिलवस्तु र रोल्पामा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

बागलुङ, गुल्मी, कालिकोटमा ७/७ जना, ताप्लेजुङ र सिरहामा ६/६ जना, डोटीमा ५, पाँचथर र रूकुम पश्चिममा ४/४ जना,खोटाङ र भोजपुरमा ३/३ जना,सोलुखुम्बु, जाजरकोटमा २/२ जना तथा इलाम, तेह्रथुम, रूकुम पर्व, हुम्ला र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ९ वर्ष मुनिका १८३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्षमुनिका ६७६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस