भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकियो

Hdlifecovidtestsoverviewcrop

काठमाडौँ । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ। लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ।

दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले राससलाई जानकारी दिए। उनले भने, “किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ ।” उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए।

महानगरपालिकाले भन्सार क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्कमा एन्टिजेन किटको अभाव रहेको जनाएको छ। महानगरपालिकाका प्रमुख बिजय सरावगीले जिल्ला जनस्वास्थ्य कार्यालयले हालसम्म सो किट उपलब्ध नगराउँदा समस्या देखिएको बताए। पिसिआर परीक्षणसमेत हुन नसकेको बताइएको छ। सो हेल्थ डेस्कमा स्वाब सङ्कलनसमेत बन्द छ। त्यस्तै भारतबाट दैनिक १० देखि १५ वटा पिकअप गाडीमा तरकारी आए पनि परीक्षण हुनसकेको छैन।

पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार घट्ने क्रममा रहेको छ। वैशाखमा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण दर जेठको पहिलो सातादेखि घट्दै गइरहेको छ। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी कडाई गरेपछि कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो। नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासअनुसार सोमबारसम्म पर्साका १९, बाराका १२, सर्लाहीमा नौ, रौतहटका दुई र धनुषाका एक गरी ४३ जना सङ्क्रमण पुष्टि भएको छ । नौ देखि ७४ वर्ष उमेरसम्मका सङ्क्रमित रहेको उनीहरूको सिटी भ्यालु १५ देखि ३५.२ सम्म रहेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...